[email protected]   9841279814
Follow On :

मिति २०७८ माघ ३ गते प्रदेश २ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानी

मिति २०७८ माघ ३ गते प्रदेश २ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानीजनकपुरधाम” र प्रदेशको नाम “मधेश प्रदेश राख्ने एतिहासिक निर्णय गरेको कार्य स्वागत योग्य रहेको छ । यस एतिहासिक निर्णयको लागि प्रदेश सभा सदस्य ज्यूहरुलाई हार्दिक बधाईका साथै धन्यवाद समेत व्यक्त गर्दछु । प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षों देखी मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तीको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ ।